हिंसात्मक अभिव्यक्तिलाई बहादुरी ठान्छन् हाम्रा नेता

नेताहरू आफ्नो प्रतिरक्षा गर्दा तर्क र जवाफ होइन, नाटकीय उत्तेजनालाई रोज्छन् । जवाफ दिनुपर्ने ठाउँमा ‘मलाई गोली ठोक’ भन्छन्, जिम्मेवारी लिनुपर्ने घडीमा ‘खुलामञ्चमै झुन्डिन तयार छु’ भन्दै विषय मोड्छन् ।

पुस ८, २०८२

दया दुदराज

Our leaders consider violent expression to be bravery.

What you should know

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिले राजनीतिक वृत्तमा आलोचना निम्त्याएको छ ।

२३ र २४ भदौका घटना जाँचबुझ आयोग र सरकारप्रति लक्षित उनको अभिव्यक्तिको भाषाशैली राजनीतिक प्रकृतिको नभएको टीकाटिप्पणी भइरहेको छ । 

हिमालय टीभीमा आइतबार प्रसारित अन्तर्वार्तामा ओली जाँचबुझ आयोगलाई बयान नदिनेलाई गोली ठोके हुने बताएका थिए ।

Our leaders consider violent expression to be bravery. ‘बयान दिन मानेन भने गोली ठोके हुन्छ । यत्रो कसुर गर्ने, बयान दिन नमान्ने ! नतिजा आइसक्यो, जाँच दिन नमान्ने ! यत्रो कसुर गर्नेलाई त हान्दिने नि गोली । उहाँहरूसँग छ त बन्दुक । के सानातिना कुरा गरिराखेको ? बयान नगरेबापत आजीवन थुनिदिए हुन्छ,’ उनको भनाइ थियो । 

जेन–जी आन्दोलनका बेला प्रधानमन्त्री रहेका ओलीसँग जाँचबुझ आयोगले बयान लिने तयारी गरिरहेका बेला यस्तो अभिव्यक्ति आएको हो । आयोग नै असंवैधानिक रहेको भन्दै आएका ओली बयान नदिने अडानमा छन् । उनले अन्तर्वार्ताका क्रममा दिएको अभिव्यक्तिलाई आयोग र सरकारमाथि दबाब सिर्जना गर्ने प्रयासका रूपमा हेरिएको छ । 

ओलीको उक्त भनाइप्रति लक्षित गर्दै प्रधानमन्त्री सुशीला कार्कीले मान्छेलाई गोली हान्न हुने कानुन नभएको उल्लेख गरेकी छन् । सोमबारको सर्वपक्षीय बैठकमा उनले भनिन्, ‘सधैं राजनीतिक पार्टीको मात्रै गीत गाएर हुँदैन । उन्नति त देशको हुनुपर्‍यो, विकास त हुनुपर्‍यो । त्यसै कारण रातारात सबै कुरा हुँदैन । मान्छेलाई पक्रिएर टुँडिखेलमा गोली हान्ने त होइन नि कानुन भनेको । हामी त कानुनका ज्ञाता मान्छे हौं । त्यसका पनि घडी छन् ।’ 

ओलीले यसअघि पनि सरकार र जाँझबुझ आयोगका विषयमा पटक–पटक टिप्पणी गरेका थिए । भक्तपुरको गुन्डुमा ११ असोजमा आयोजित पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौं ? हामीले यो देश बनाउनुपर्नेछ । हामी भाग्दैनौं ।’

जाँचबुझ आयोगको बयानकै सन्दर्भमा एमाले सचिव महेश बस्नेतले पनि ओलीलाई पक्राउ गरेर देखाउन चुनौती दिएका थिए ।

Our leaders consider violent expression to be bravery. एमाले पार्टी कार्यालय च्यासलमा २२ असोजमा आयोजित पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गर ।’

प्रदर्शनकारीले २४ भदौमा आफ्नो घरमा तोडफोड र आगजनी गरेको सन्दर्भमा पनि नेता बस्नेतले सामाजिक सञ्जाल र सार्वजनिक मञ्चबाट भड्काउपूर्ण अभिव्यक्ति दिँदै आएका छन् । 

यौन सम्बन्धबारे लगाइएका आरोप पुष्टि गर्न नसके ‘काट्ने’ धम्की उनले दिएका छन् । २९ भदौमा भनेका थिए, ‘जेन–जीलाई उचाल्ने टंक दाहाल, राजीव खत्री को–को हो अरू ? त्यो राजीव खत्री भन्ने फटाहाले मेराबारेमा यौनकाण्डदेखि लिएर अनेक भन्छ । त्यो पनि पुष्टि गर् । खुकुरी राखेर पुष्टि गर् । पुष्टि भयो भने म काटिन तयार, पुष्टि भएन भने तँलाई काट्छु ।’

प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनका अगुवा सुधन गुरुङलाई ‘जेठो छोरो’ भन्ने गरेकामा पनि बस्नेतले आपत्तिजनक टिप्पणी गरेका थिए । ‘सुशीला कार्कीले मेरो जेठो छोरो सुधन गुरुङ भन्नुभयो । जेठो छोरो सुधन गुरुङ भए बाउचाहिँ को हो त ? यो त तिब्बतीय सरकार भन्छन् । यो त तिब्बतियन हो कि नेपाली हो ? कार्कीको छोरो कसरी गुरुङ भयो भनेर सोसल मिडियामा भाइरल भएको छ ।’ 

एमाले नेता सूर्य थापाले पनि गुरुङप्रति गैरराजनीतिक टिप्पणी गरेका छन् ।

Our leaders consider violent expression to be bravery.एमाले नेता एवं पूर्वमन्त्री किसान श्रेष्ठको बारास्थित घरमा सुधन गुरुङ पुगेको सन्दर्भमा प्राइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ अन्तर्वार्तामा थापाले भनेका थिए, ‘सुधन गुरुङलाई घिसार्न परो भने एमालेलाई दुई दिन पर्खिन पर्छ भनेको ? किसान श्रेष्ठ नभएका बेला परेछ र किसान श्रेष्ठको घरमा गएछ । किसान श्रेष्ठ भएको भए अचार हुन्थ्यो अचार । किसान श्रेष्ठ नभएको मौका पाएछ र हुँ हुँ गर्दै हिँडिरहेको थियो । त्यो कायरता के देखाउनुपर्‍यो ! त्यो त गैरजेन–जी फटाहा हो । लठैत हो । त्यो डकैत हो । लुटपाटमा संलग्न मान्छे हो ।’

यस्तै शैलीका सार्वजनिक अभिव्यक्ति अन्य नेताहरूबाट पनि आउने गरेका छन् । सर्वोच्च अदालतबाट फैसलाले २२ माघ २०७९ मा उपप्रधान तथा गृहमन्त्री, सांसद पद गुमाएपछि रास्वपा सभापति रवि लामिछानेले मिडियामाथि आक्रोश पोखेका थिए । उनले रामेश कोइरालाको ट्विटलाई लिएर समेत गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए । 

‘दुइटा मान्छेले ट्विटरमा हल्लाइदिएको छ देश । मेरो सातोपुत्लो उड्दैन । रामेश कोइरालाले ट्विट लेख्छ भनेर मान्छे डराएर हिँडेको छ । ह्वाट द हेल ! उहाँको बौद्धिकताको लम्बाइ धेरै होला,’ उनले भनेका थिए, ‘तर उहाँले आफ्नो बौद्धिकताको लम्बाइ कहाँसम्म राख्नुभएको छ भने त्यो गगन थापाको कट्टुको लम्बाइ जति छ, त्योभन्दा पर छैन ।’

लामिछानेले प्रतिनिधिसभामा पनि ‘आरोप प्रमाणित भए राजनीति छाड्ने’ जस्ता अभिव्यक्ति पटक–पटक दिएका थिए ।Our leaders consider violent expression to be bravery.

सहकारीको रकम हिनामिनाको आरोप उठेपछि लामिछानेले २८ वैशाख २०८१ मा कांग्रेस महामन्त्री गगन थापालाई प्रमाणित गर्न चुनौती दिए र प्रमाणित भए आफूले राजनीति छाड्ने पनि बताए । यस्तै, एक प्रश्नकर्ताले बार्गेनिङ गरेको आरोपबारे प्रश्न गर्दा लामिछानेको जवाफ थियो, ‘कुनै एक जना मान्छेले इतिहासको कुनै कालखण्डमा मलाई कुनै चीज बार्गेनिङ गराउन सकोस्, म अहिले यहाँबाट कट्टु नलगाई नाङ्गै निस्किन तयार छु । प्रमाण लिएर आउनुस् ।’ 

ओली नेतृत्वको सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘एक कप चिया खाएको प्रमाण आए टुँडिखेलमा झुन्डिन तयार छु’ भनेका थिए । पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हिनामिना प्रपञ्चमा घूस लिएको आरोप लागेपछि उनले उक्त अभिव्यक्ति दिएका हुन् । 

‘झुन्डिन तयार’ शब्दावली अरू नेताले पनि प्रयोग गर्दै आएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री बनेका बेला भनेका थिए, ‘मेरो जिम्मेवारीमा रहेको मन्त्रालयमा हुने कुनै पनि निर्णयमा मैले एक रुपैयाँ मात्र पनि घूस या कमिसन लिएको कसैले प्रमाणित गर्छ भने खुलामञ्चमा गएर झुन्डिन तयार रहेको सबैमा जानकारी गराउन चाहन्छु ।’

Our leaders consider violent expression to be bravery.उनका लागि ‘भ्रष्टाचार गर्नु भनेको आफ्नै आमाको रगत पिउनु हो’ भन्ने वाक्य थेगो नै बनिसकेको छ । 

जसपाका तत्कालीन सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेपछि तत्कालीन नेकपाका सांसद किसान श्रेष्ठले ५ जेठ २०७७ मा प्रतिनिधिसभाको बैठकमा भनेका थिए, ‘केही हप्ता अगाडि मलगायत महेश बस्नेतलाई 

सांसद अपहरणको आरोप लगाइएको छ । म माननीयज्यूहरूलाई साक्षी राखेर भन्न चाहन्छु, आरोप प्रमाणित भयो भने सबै माननीयज्यूहरूको अगाडि झुन्डिएर मर्न तयार छु । के हामीलाई आरोप लगाउने डाक्टरहरू पनि झुन्डिन तयार छन् ?’ 

पछिल्लो समय जेन–जी आन्दोलनका अगुवा सुधन गुरुङले समेत महिलाको भावनामा ठेस पुग्ने अभिव्यक्ति दिएको भन्दै आलोचना खेपिरहेका छन् । एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै गुरुङले शनिबार भनेका थिए, ‘देशलाई ठप्प बनाउने रे ? हामी यहाँ चुरी लगाएर बसेका छैनौं । याद राखोस् सबै जनाले ।’

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले पनि बेलाबेलामा सामाजिक सञ्जालमा आपत्तिजनक ‘स्टाटस’ लेख्ने गरेका छन् । उनले पछिल्लो पटक गत १६ कात्तिकको मध्यरातमा अश्लील अंग्रेजी शब्द प्रयोग गर्दै अमेरिका, भारत र चीन तथा एमाले, कांग्रेस, माओवादी, रास्वपा र राप्रपामाथि टिप्पणी गरेका थिए । उनले 

त्यसमा थपेका थिए, ‘तिमीहरू सबै मिलेर केही गर्न सक्दैनौ ।’ तीव्र आलोचना भएपछि उनले त्यो स्टाटस केही समयमै हटाए । तर त्यसको ‘स्क्रिनसट’ सामाजिक सञ्जालभरि फैलिएको थियो ।

बालेनले १६ भदौ २०८० मा ‘सिंहदरबार आगो लगाइदिने’ स्टाटस लेखेका थिए ।Our leaders consider violent expression to be bravery.

राति ९ः२१ मिनेटमा लेखिएको स्टाटस थियो, ‘आजका लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ चौतर्फी आलोचना भएपछि यो स्टाटस पनि उनले हटाएका थिए ।

आफूमाथि गम्भीर आरोप लाग्दा कानुनी प्रक्रिया सामना गर्नुको साटो धम्की दिने, कसम खाने वा आक्रामक भाषामा प्रतिक्रिया दिने शैली नेताहरूमा बाक्लै देखिने गरेको छ । ‘नेपाली राजनीतिमा पछिल्लो समय नेताहरूमा विधिको शासन स्विकार्नुको साटो नाटकीय र भावुक शैली अपनाउने डरलाग्दो प्रवृत्ति देखिएको छ,’ विश्लेषक सुचिता प्याकुरेलले कान्तिपुरसँग भनिन्, ‘जब नेताहरूमाथि आरोप लाग्छ, उनीहरू ‘मलाई गोली ठोक’ वा ‘आरोप प्रमाणित भए टुँडिखेलमा झुन्डिएर मर्छु’ जस्ता उत्तेजक अभिव्यक्ति दिन्छन् । यो वैज्ञानिक राजनीतिक व्यवस्थापनको उपहास हो ।’

Our leaders consider violent expression to be bravery.प्याकुरेलका अनुसार यस्तो प्रवृत्तिले समाजमा नकारात्मक असर पार्ने र भावी नेतृत्वलाई पनि यस्तै शैलीको राजनीतिमा प्रेरित गर्ने जोखिम बढाउँछ । ‘यसले समाजमा अलकत्राजस्तो दाग बसालिरहेको छ, जुन भावी पुस्ताको मानसपटलबाट सजिलै मेटिँदैन । चिन्ताको विषय के हो भने यो रोग अब जेन–जी र वैकल्पिक भनिएका शक्तिहरूमा पनि संक्रामक रूपमा सर्दै छ,’ उनले भनिन् ।

दया दुदराज दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully