प्रत्यक्षतर्फ कोशी प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङको नाम सर्वसम्मत सिफारिस
पाँचथर — नेकपाले पाँचथरबाट आसन्न प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । मंगलबार बसेको बैठकले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ कोशी प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
पाँचथरमा प्रतिनिधिसभातर्फ १ सिट मात्र रहेको छ ।
यस्तै समानुपातिक उम्मेदवारको पनि नाम सिफारिस गरिएको जिल्ला संयोजक विशाल रसाइलीले जानकारी दिए ।
उनका अनुसार आदिवासी जनजाति महिलातर्फ सीता थेवे र अञ्जु काम्वाङ, खुल्ला महिलातर्फ इन्दिरा द्यौराली र पुरुषतर्फ तारावीर खपाङ्गीको नाम सिफारिस गरिएको हो ।
