दक्षिण अफ्रिकामा सामुहिक गोली प्रहार,  कम्तिमा ९ जनाको मृत्यु

आक्रमणकारीहरूले सडकमा रहेका मानिसहरुलाई समेत अन्धाधुन्ध आक्रमण गरेको प्रहरीले जनाएको छ ।

पुस ६, २०८२

कान्तिपुर संवाददाता

Mass shooting in South Africa, at least 9 dead

एजेन्सी — दक्षिण अफ्रिकाको जोहान्सबर्ग शहर नजिकैको टाउनसिपमा रहेको एउटा बारमा शनिबार मध्यराति गोली प्रहार हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ ।

 त्यस्तै, १० जना घाइते छन् ।

घटनामा संलग्नहरुको खोजी चलिरहेको प्रहरीले जनाएको छ ।  'लगभग १२ अज्ञात संदिग्धहरू सेतो कोम्बी (मिनि) र सिल्भर रंगको सेडानमा सवार भएर टाभर्नका (बार) ग्राहकहरूलाई गोली चलाएका छन्,' प्रहरीले आइतबार जारी गरेको विज्ञप्तिमा भनेको छ। 

उक्त टाभर्न लाइसेन्स प्राप्त रहेको प्रहरीले जनाएको छ । आक्रमणकारीहरूले सडकमा रहेका मानिसहरुलाई समेत  अन्धाधुन्ध आक्रमण गरेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully