प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटारमा

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार रास्वपाका नेताहरु प्रधानमन्त्री सुशीला कार्कीसँग समसामयिक राजनीतिक विषय र निर्वाचन केन्द्रित छलफलका लागि बालुवाटार पुगेका हुन् ।

पुस ६, २०८२

कान्तिपुर संवाददाता

Rabi Lamichhane in Baluwatar to meet the Prime Minister

काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । उक्त टोलीमासोबिता गौतम, शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, विपिन आचार्यसहितका नेताहरु रहेका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले रास्वपाका नेताहरुसँग प्रधानमन्त्री सुशीला कार्कीले समसामयिक राजनीतिक विषय र निर्वाचन केन्द्रित छलफलका लागि भेट्न लागेकी हुन् ।

तुलसीपुर उच्च अदालतको आदेशबाट बिहीबार धरौटीमा रिहा भएका लामिछाने शुक्रबार मात्रै थुनामुक्त भएका थिए ।

उनले आइतबारदेखि पुन: पार्टीको सभापतिको जिम्मेवारी सम्हालेका छन् । 

कान्तिपुर

Link copied successfully