यस्तो छ आजको मौसम पूर्वानुमान

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यता सफा रहने जनाइएको छ ।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

This is today's weather forecast.

काठमाडौँ — हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यता सफा रहने जनाइएको छ ।

महाशाखाका अनुसार काठमाडौं उपत्यकामा आज न्यूतम तापक्रम ५ देखि ७ डिग्री सेल्सियस रहने र अधिकतम तापक्रम   १७ देखि १९ डिग्री सेल्सियसबीच रहनेछ ।

कान्तिपुर

Link copied successfully