प्रधानमन्त्री कार्कीलाई चिनियाँ राजदूत छनले भेटे

भेटका क्रममा नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पुस २, २०८२

कान्तिपुर संवाददाता

Chinese Ambassador Chen meets Prime Minister Karki

काठमाडौँ — नेपालका लागि चीनका राजदूत छन सङ सोङले प्रधानमन्त्री सुशीला कार्कीसँग  शिष्टाचार भेट गरेका छन् । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको हो ।

भेटका क्रममा नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राजदूत छन सोङले नेपालको विकास र समृद्धिमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने बताए ।

यो भेटले दुई छिमेकी राष्ट्रबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

कान्तिपुर

Link copied successfully