भदौ २३-२४ को घटना जाँचबुझ आयोगले लियो प्रधानसेनापतिसहित पाँच जनाको बयान

आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार आयोगले भदौ २३ र २४ को घटनासहित अन्य विवरणबारे पनि सोधपुछ गरेको छ ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

The commission of inquiry into the Bhadra 23-24 incident took statements from five people, including the Army Chief.

काठमाडौँ — भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले नेपली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको बयान लिएको छ ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार आयोगले दुई दिनको घटनासहित अन्य विवरणबारे पनि सोधपुछ गरेको छ । सेनापति सिग्देलसहित सेनाका ५ जना बयानमा उपस्थित भएको र उनीहरुको बयान सकिएको प्रवक्ता शर्माले बताए ।

कान्तिपुर

Link copied successfully