एनआरएनएको महाधिवेशन मिति घोषणा

हालै दुई समूहबिच एकीकरण भएको एनआरएनएले आफ्नो १२औं अन्तर्राष्ट्रिय महाधिवेशनको मिति र स्थान घोषणा गरेको हो ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

NRNA general convention date announced

काठमाडौँ — गैरआवासीय नेपाल संघ (एनआरएनए)ले आफ्नो महाधिवेशन मिति र स्थान घोषणा गरेको छ । 

हालै दुई समूहबिच एकीकरण भएको एनआरएनएले आफ्नो १२औं अन्तर्राष्ट्रिय महाधिवेशनको मिति र स्थान घोषणा गरेको हो । 

काठमाडौँमा हुने उक्त महाधिवेशन एकता महाधिवेशन हुनेछ ।

एकतापछि गठित स्टेरिङ कमिटीको आइतबार बसेको दोस्रो बैठकले फागुन ११, १२ र १३ गते (सन् २०२६ फेब्रुअरी २३, २४ र २५) महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए ।

NRNA general convention date announced

कान्तिपुर

Link copied successfully