सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

आज बसेको मन्त्रिपरिषद् बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा उक्त समिति गठन गरेको हो  ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

Government forms high-level political dialogue committee

सरकारले विभिन्न राजनीतिक दल तथा सरोकार भएकाहरूसँग वार्ताका लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा समिति गठन गरेको हो  । 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आजको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए । समितिको सदस्यमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully