राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका दुई जना कर्मचारी पक्राउ

पक्राउ पर्नेमा ललितपुरको इमाडोल बस्ने सुनित प्रभाग रेग्मी र ललितपुर–१३ बस्ने आशिषबाबु कुमाल रहेका छन् ।

मंसिर २८, २०८२

कान्तिपुर संवाददाता

Two employees of the National Identity Card and Registration Department arrested

काठमाडौँ — विवरण दर्ता अपरेटरको युजर आईडी र पासवर्ड दुरुपयोग गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंबाट पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ ।

पक्राउ पर्नेमा ललितपुरको इमाडोल बस्ने सुनित प्रभाग रेग्मी र ललितपुर–१३ बस्ने आशिषबाबु कुमाल रहेका छन् ।

कान्तिपुर

Link copied successfully