यो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
काठमाडौँ — एमालेको दसौं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको अन्तिम बैठक भृकुटीमण्डपमा सुरु भएको छ। ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको यो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
भदौमा भएको विधान अधिवेशनमा पारित प्रतिवेदनलाई जेन–जी आन्दोलनको परिस्थिति समेटेर तयार गरिएको छ।
बैठकमा अध्यक्ष ओलीले आफ्नो कार्यकालको समीक्षा गर्नेछन् भने महाधिवेशनका सत्रबारे छलफल हुनेछ। एमालेको एघारौं महाधिवेशन शनिबारबाट सुरु भएको छ।
अध्यक्ष ओलीले भक्तपुरको सल्लाघारीमा आयोजित समारोहमा महाधिवेशनको उद्घाटन गरेका थिए। महाधिवेशन सुरु भएसँगै एमालेमा नेतृत्वका लागि रस्साकसी सुरु भएको छ।
