काठमाडौंको चम्पादेवी डाँडामा हाइकिङका लागि गएका भारतीय राजदूत नवीन श्रीवास्तव एक्कासि बिरामी भएका हुन् ।
काठमाडौँ — काठमाडौंको चम्पादेवी डाँडामा हाइकिङका लागि गएका भारतीय राजदूत नवीन श्रीवास्तव एक्कासि बिरामी भएका छन् ।
अचेत भएपछि उनलाई हवाई उद्धार गरी काठमाडौं ल्याइएको प्रहरी उच्च स्रोतले कान्तिपुरलाई बतायो ।
‘बिरामी हुनु भएपछि नेपाली सेनाको हेलिकोप्टरमा उद्धार गरेर ग्रान्डी अस्पताल ल्याइएको छ,’ स्रोतले भन्यो ।
