जाँचबुझ आयोगले तत्कालीन गृहसचिव दुवाडीसँग बयान लिँदै 

गृहसचिवको जिम्मेवारी रामेश्वर दंगालले पाएका थिए । आयोगले २३ र २४ भदौमा उनी गृह मन्त्रालयको जिम्मेवारीमा भएकाले तत्कालीन समयमा भएका घटना र पहलसहितका विषयमा बयान लिन लागेको हो ।

मंसिर २५, २०८२

कान्तिपुर संवाददाता

The Commission of Inquiry is taking a statement from then Home Secretary Duwadi.

काठमाडौँ — जेन-जी घटनामा जाँचबुझ गर्न गठन भएको समितिले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग आज बयान लिने भएको छ। जेन-जी आन्दोलनका बेला गृहसचिव रहेका दुवाडीलाई अन्तरिम सरकारले असोज ७ गते राष्ट्रिय योजना आयोगमा सरुवा गरेको थियो ।

गृहसचिवको जिम्मेवारी रामेश्वर दंगालले पाएका थिए । आयोगले २३ र २४ भदौमा उनी गृह मन्त्रालयको जिम्मेवारीमा भएकाले तत्कालीन समयमा भएका घटना र पहलसहितका विषयमा बयान लिन लागेको हो ।

यसअघि जाँचबुझ समितिले दुवाडीलाई पनि जाँचबुझ आयोगले विदेश जानसहित स्थानीय रूपमा पनि स्थानहद लगाएको थियो। तर उनले आफू योजना निर्माणमा उपत्यका बाहिर जानु पर्ने भनी निवेदन दिएपछि हटाइएको थियो । 

जेन-जी आन्दोलनमा दमन गर्न दुवाडीको पनि भूमिका रहेको भन्दै उनलाई पनि आयोगले सुरुमै कडाइ गरेको हो। आज दुवाडीसँग बयान लिएपछि आयोगले वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाउने  तयारी गरेको छ।

आईजीपी कार्कीको बयान  दुवाडीपछि हुने जाँचबुझ आयोगका प्रवक्ता समेत रहेका पूर्वएआईजी विज्ञानराज शर्माले जानकारी दिए। उनका अनुसार त्यसपछि तत्कालीन गृहमन्त्री रमेश लेखकलाई र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइनेछ।

पूर्वगृहमन्त्री लेखकले पनि आफूलाई आयोगले अहिलेसम्म कुनै जानकारी नदिएको बताएका छन्। पूर्वप्रधानमन्त्री ओलीले आयोगमा बयान दिन नजाने अडान लिइरहेका छन्। तर लेखकले यसअघि नै बयानका लागि तयारी गरिसकेको उनी निकट स्रोतले जानकारी दिएको छ।

कान्तिपुर

Link copied successfully