सहसचिव भट्टराईबिरुद्ध सम्पत्ति शुद्धीकरणमा छुट्टै मुद्दा दायर

भट्टराईबिरुद्ध भिजिट भिसा प्रकरणमा ७९ लाख र गृह मन्त्रालयका शाखा अधिकृत यज्ञ अर्यालबिरुद्ध ५ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मंसिर २५, २०८२

कान्तिपुर संवाददाता

Separate case filed against Joint Secretary Bhattarai for money laundering

काठमाडौँ — भिजिट भिसा तस्करी प्रकरणमा प्रतिवादी बनाइएका नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराईबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि करिब १ करोड रुपैयाँ बिगो मागदाबी लिएर छुट्टै मुद्दा दायर गरेको छ ।

अख्तियारले बिहीबार भट्टराईबिरुद्ध भिजिट भिसा तस्करी प्रकरणमा करिब ७९ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेकामा सँगै सम्पत्ति शुद्दीकरणको कसुरमा पनि १ करोड रुपैयाँ बिगो कायम गरी अर्को मुद्दा दायर गरेको हो ।

भट्टराईबिरुद्ध भिजिट भिसा प्रकरणमा ७९ लाख र गृह मन्त्रालयका शाखा अधिकृत यज्ञ अर्यालबिरुद्ध ५ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

लगत्तै भट्टराईबिरुद्ध गैरकानुनी रुपमा आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा थप मुद्दा विशेष अदालतमै दायर भएको अख्तियारले जनाएको छ ।

भट्टराईलाई भिजिट भिसा प्रकरणमा अख्तियारले ७ जेठ २०८२ मा विमानस्थलबाटै पक्राउ गरेको थियो । त्यही दिन बोलाएका बखत उपस्थित हुने गरी हाजिरी जमानीमा छुटेका थिए ।

त्यसपछि यस प्रकरणमा संकास्पद व्यक्तिहरुलाई अनुसन्धान दायरामा राखेको अख्तियारले बिहीबार अनुसन्धान टुंग्याएर विशेषमा मुद्दा दायर गरेको हो । यसमध्ये भट्टराईबिरुद्ध एकसाथ २ वटा कसुरमा प्रतिवादी बनाइएको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully