देउवासँग अर्थपूर्ण छलफल भयोः ओली

बिहीबार ओलीले पत्रकारहरुसँग छलफल गर्दै देउवासँग भएको कुराकानीकाे प्रभाव पछि देखिने बताए ।

मंसिर २५, २०८२

कान्तिपुर संवाददाता

Had meaningful discussions with Deuba: Oli

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग दीर्घकालीन प्रभाव पार्नेबारे छलफल भएको बताएका छन् ।

बिहीबार कोटेश्वरमा आयोजित पत्रकारहरुसँगको भेटघाटमा उनले देउवासँग भएको कुराकानीकाे प्रभाव पछि देखिने बताए ।

 

‘दुई प्रमुख दलका नेताले कुरा गरेनन् होला ? देशका बारे कुरा हुनु । चुनौती के हुनसक्छ भनेर छलफल हुनु स्वभाविक हो । बकाइदा छलफल भयो,’ उनले भने, ‘अर्थपूर्ण छलफल भयो । त्यसको भोलि देखिन्छ । हामीले बकुल्लाको बीउ जसरी रोपेका छौ । तोरी उम्रेजस्तो छिट्टै उम्रिदैन । प्रकट हुन समय लाग्छ ।’

कान्तिपुर संवाददाता

Link copied successfully