काठमाडौँमा आज बिहानको तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम सफा

काठमाडौँ उपत्यकामा आज बिहान ५ : ४५ बजेको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको थियो ।

मंसिर २४, २०८२

कान्तिपुर संवाददाता

Temperature in Kathmandu this morning is 6 degrees Celsius, weather is clear across the country

काठमाडौँ — आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव  छैन । 

आज दिउँसो कोशी  र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा  मौसम मुख्यतया सफा रहने छ । महाशाखाले राति पनि देशभरको मौसम मुख्यतया सफा रहने बताएको छ ।

काठमाडौँ उपत्यका आज बिहान ५ : ४५ बजेको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको थियो । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।

कान्तिपुर संवाददाता

Link copied successfully