प्रधानमन्त्री कार्कीले पितृशोकमा रहेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई भेटिन्

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुबा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको १६ मंसिरमा ९५ वर्षको उमेरमा निधन भएको थियो ।

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Karki meets former Chief Justice Shrestha, who is grieving for his father.

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले पितृशोकमा रहेको पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग भेटेकी छन् ।

मंगलबार दिउँसो श्रेष्ठलाई भेट्न प्रधानमन्त्री कार्की कुपण्डोलस्थित निवास पुगेकी थिइन् ।

श्रेष्ठका बुबा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको १६ मंसिरमा ९५ वर्षको उमेरमा निधन भएको थियो । नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो । पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री भएपछिको पहिलो भेट भएको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully