केन्द्रीय कारागारबाट फरार एकजना पक्राउ

आखेटोपहार ओसारपसार मुद्दामा फरार रहेका सुविन गुरुङलाई प्रहरी पक्राउ गरेको हो ।

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

One person who escaped from the Central Jail was arrested.

काठमाडौँ — गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कार्यालय जगन्नाथ देवलबाट फरार भएका एक जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।

वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार रहेका गोरखा सिरानचोक गाउँपालिका–८ घर भई हाल काठमाडौँ तारकेश्वर मनमैजु बस्ने २२ वर्षीय सुविन गुरुङलाई प्रहरी पक्राउ गरेको हो ।

प्रदर्शनका क्रममा फरार भई लुकीछिपी अवस्थामा बसिरहेका गुरुङलाई सोमबार तारकेश्वरको मनमैजुबाट पक्राउ गरी केन्द्रीय कारागारमा पेस गरिएको वरिष्ठ प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

कान्तिपुर संवाददाता

Link copied successfully