प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरको भेट

मंगलबार नै भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर आउँदो प्रतिनिधिसभा निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

Additional Secretary of the Indian Ministry of External Affairs Mahawar meets with Prime Minister Karki

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारमा सोमबार भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयको उत्तर मामिला हेर्ने अतिरिक्त सचिव मुनु नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आएका हुन् ।

मंगलबार नै उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर आउँदो प्रतिनिधिसभा निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 

कान्तिपुर

Link copied successfully