केपी ओली र रमेश लेखक पक्राउको खबर सामाजिक सञ्जालमा भाइरल, के हो वास्तविकता ?

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ तयारीको सूचना मात्रै भाइरल भएको छैन । उनीहरू पक्राउ परेको भन्दै एआई सिर्जित तस्बिर पनि भाइरल भएको छ । नेपाल प्रहरीले भने यसमा कुनै सत्यता नभएको बताएको छ ।

मंसिर २२, २०८२

दया दुदराज

News of KP Oli and Ramesh Lekhak's arrest goes viral on social media, what is the reality?

What you should know

काठमाडौँ — आइतबार साँझदेखि पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउको खबर सामाजिक सञ्जालमा फैलिन थालेको छ । आइतबारदेखि केपी ओली पक्राउ गर्दै गरेको एआई सिर्जित तस्बिरहरू सामजिक सञ्जालमा भाइरल हुन थालेको हो ।

कतिपयले पक्राउ परेको भन्ने तस्बिरहरू पोस्ट गररेका छन् भने कतिले पक्राउको तयारी जस्ता पोस्टहरू भाइरल हुन थालेका छन् । लालिगुराँस मिडिया नामक फेसबुक पेजबाट आइतबार ९ बजेर ४८ मिनेटमा 'ओली र लेखकलाई पक्राउ गर्ने तयारीमा आयोग !' लेखिएको छ ।

पोस्ट भएको उक्त तस्बिरभित्र लेखिएको छ-'जेनजी आन्दोलनको घटनाको बयान दिन नआए ओली र लेखकलाई पक्राउ गरेरै बयान लिने तयारीमा छानबिन आयोग रहेको खुल्न आएको छ । ओलीले बयान नदिने सार्वजनिक रुपमै बताउदै आइरहेका छन् ।'

News of KP Oli and Ramesh Lekhak's arrest goes viral on social media, what is the reality?

त्यसयता ओली र लेखक पक्राउका खबर फैलिन थालेका छन् । लालिगुराँसकै तस्बिर पोस्ट गर्दै सुधन गुरुङले पनि सामाजिक सञ्जाल फेसबुकमा ‘ओली र लेखकलाई पक्राउ गर्ने तयारीमा अयोग  अब हामी गृहमन्त्रीमा हिम्मत छ वा छैन भनेर हेर्न पर्खिरहेका छौं, जसरी उनले सधैं भन्दै आएका छन् कि छानबिन आयोगको लागि पर्खनुहोस् अब समय आएको छ।हेरौँला.... अब पनि आफ्नो बोली राखेनन् भने, देशभर विरोध प्रदर्शन हुनेछ र त्यसको जिम्मा स्वयं गृहमन्त्री आफैंले लिनुपर्ने छ ।’ लेखेका छन् । 

News of KP Oli and Ramesh Lekhak's arrest goes viral on social media, what is the reality?

आइतबार साँझ ६ बजेर ४६ मिनेटमा पोस्ट भएको उक्त तस्बिरमा ७ हजार ६ सय भन्दा धेरै रिएक्ट, १ हजारभन्दा धेरै कमेन्ट र २८२ पटक सेयर भएको देखिन्छ । त्यसयता यो खबर भाइरल नै भएको छ । भाइरलमध्येको एक पोस्ट हो-ज्वाला संग्रौलाको । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता संग्रौलाले आफ्नो फेसबुक पेजमा  'breaking: छानबिन आयोगले पटक पटक बोलाउदा अटेरी गरेपछि केपी ओलीलाई पक्राउ गर्ने तयारी ।' लेखेकी छन् ।

News of KP Oli and Ramesh Lekhak's arrest goes viral on social media, what is the reality?

आइतबार राति  ७ बजेर २० मिनेटमा पोस्ट गरेको उक्त स्टाटसमा यो सामग्री तयार पार्दासम्म २ सय ८४ पटक सेयर भएको देखिन्छ, त्यस्तै ३ हजारभन्दा बढी कमेन्ट र २१ हजारभन्दा बढी रिएक्ट आएको देखिन्छ । उक्त पोस्टमा अधिकांसले 'गुड न्यूज' भनेर कमेन्ट गरेका छन् । कान्तिपुरले नेता संग्रौलालाई सम्पर्क गर्दा लालिगुराँस मिडियाले लेखको कारणले पोस्ट गरेको बताइन् । 

संग्रौलाको यो पोस्टपछि धेरैले 'ओली पक्राउ तयारी'को पोस्ट गरेका छन् । 'बेतना दैनिक' नामक फेसबुक पेजबाट पनि यो पोस्ट भएको छ ।

News of KP Oli and Ramesh Lekhak's arrest goes viral on social media, what is the reality?

त्यस्तै 'बन्दना प्रकाशन' नामक फेसबुक पेजले पनि ' 'breaking: छानबिन आयोगले पटक पटक बोलाउदा अटेरी गरेपछि केपी ओलीलाई पक्राउ गर्ने तयारी ।' भन्दै पोस्ट गरेको छ । उक्त पोस्टमा हालसम्म ७०० पटक रिएक्ट गरिएको छ, १४७ भन्दा पटक कमेन्ट गरिएको छ । भने १५ सेयर देखिएको छ ।

एआई सिर्जित तस्बिरको प्रयोग !

उनीहरूलाई पक्राउ तयारीको सूचना मात्रै भाइरल भएको छैन । उनीहरू पक्राउ परेको भन्दै एआई सिर्जित तस्बिर पनि भाइरल भएको छ । 'मिस पबी ४१' नामक फेसबुक पेजमा केपी ओलीलाई प्रहरीले पक्राउ गरेको एआई सिर्जित तस्बिर पोस्ट भएको छ । ८७ हजारभन्दा धेरै फलोअर्स भएको उक्त पेजमा आइतबारदेखि बारम्बार ४ पटक पोस्ट भएका छन् ।

News of KP Oli and Ramesh Lekhak's arrest goes viral on social media, what is the reality?

आइतबार बेलुका ८ बजेर २ मिनेटमा अपलोड गरिएको उक्त फोटोको माथि 'Just Now: छानबिन आयोगले बोलाउँदा नआए पछि केपी ओली प'क्रा'उ, सहि कि ग*लत क'मेन्ट गरौं' लेखिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ९ हजार भन्दा धेरै रिएक्ट छन् । ३३ सय भन्दा धेरै कमेन्ट र २६७ पटक सेयर भएको छ ।

सोही तस्बिरसहितको पोस्ट सोमबार बिहान ७ बजेर ३६ मिनेटमा पनि पोस्ट भएको छ । उक्त पोस्टमा ८ हजार ३ सय भन्दा धेरै रिएक्ट आएका छन्, २१ सय भन्दा धेरै कमेन्ट र ३४१ पटक सयर भएको छ ।

सोमबार बिहान १० बजेर ७ मिनेटमा पोस्ट भएको अर्को तस्बिरमा 'छानबिन‌ आयोग लाई अ'टेर गर्दा रमेश लेखक र केपी ओली एकैसाथ प'क्रा'उ, सहि या ग'लत कमेन्ट गरौं 'लेखिएको छ । त्यस्तै १२ बजेर ५७ मिनेटमा 'WOW: छानविन आयोग लाई अ'टेर गर्दा ठुला माछा भर्खरै प'क्रा'उ, सहि या ग'लत सबैले भन्नुहोला' लेखिएको छ, जहाँ ओली र लेखक पक्राउ गरिएको एआई सिर्जित तस्बिर पोस्ट भएको छ ।

News of KP Oli and Ramesh Lekhak's arrest goes viral on social media, what is the reality?

यसको वास्तविकता खोज्न हामीले नेपाल प्रहरीका अधिकारीहरूसँग कुरा गर्‍यौँ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले अफवाह पैलाइएको बताए । उनले ओली पक्राउबारे कुनै पनि खबर प्राप्त नभएको र पक्राउ गर्नुपर्ने आदेश नआएको बताए । कान्तिपुरसँग उनले भने-'हामीलाई कसैले केही भनेका छैनन् । र यस विषयमा कुनै पनि जानकारी छैन ।'

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully