उनका अनुसार, सिनामंगल बस्ने कार्कीले पारिवारिक कलहमा श्रीमतीलाई कुटपिट गरेका थिए भने नाबालक छोराको समेत ज्यान गएका थियो ।
काठमाडौँ — आफ्नै नाबालक छोराको हत्या गरेको आरोमपा नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत असई पुष्कर कार्कीलाई आइतबार बेलुकी पक्राउ गरेको एसपी पवन भट्टराईले बताए ।
उनका अनुसार, सिनामंगल बस्ने कार्कीले पारिवारिक कलहमा श्रीमतीलाई कुटपिट गरेका थिए भने नाबालक छोराको समेत ज्यान गएका थियो ।
'श्रीमतीलाई टाउकोमा चोट लागेको छ भने बच्चाको घाँटीमा चोट देखिन्छ,' उनले भने, 'हिजो बेलुकी नियन्त्रणमा लिएका छौं, आज (सोमबार) बाट थप कानुनी प्रक्रिया सुरु गर्छौं ।'