भण्डारी र कार्कीबीच आगामी निर्वाचन, देशको समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल भएको छ ।
काठमाडौँ — आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा सिंहदरबारसहित संसद् भवन, सर्वोच्च अदालत लगायतका सरकारी भवनमा आगजनी र तोडफोडसमेत भएको थियो ।
प्रधानमन्त्री कार्कीलाई भेट्नुअघि भण्डारीले आगजनी र तोडफोड भएको सिंहदरबारको अवलोकन एवं निरीक्षणसमेत गरेकी थिइन्। भण्डारी र कार्कीबीच आगामी निर्वाचन, देशको समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल भएको स्रोतले जानकारी दिएको छ ।
