प्रभु बैंकका सीईओसहित चार जनालाई थप पाँच दिन थुनामा राख्न अनुमति

उच्च अदातल पाटनले उनीहरुलाई थप ५ दिन थुनामा राख्न पाउने गरी म्याद थप हुने आदेश गरेको हो ।

मंसिर २१, २०८२

कान्तिपुर संवाददाता

Permission to detain four people, including the CEO of Prabhu Bank, for another five days

काठमाडौँ — उच्च अदालत पाटनले प्रभु बैंकका सीईओ अशोक शेरचन, डीसीओ मणिराज पोखरेल, सीसीओ रिवास श्रेष्ठ र राजेन्द्र शाक्यको बैंकिङ कसुर मुद्दाको अनुसन्धानको लागि तेस्रो पटक म्याद थप गरेको छ ।

उच्च अदातलका न्यायाधीशद्वय कविप्रसाद न्यौपाने र खड्कबहादुर केसीको वाणिज्य इजलासले थप ५ दिन थुनामा राख्न पाउने गरि म्याद थप हुने आदेश गरेको हो । गत शुक्रबार दुई दिन म्याद थप भएको थियो ।

कान्तिपुर

Link copied successfully