कान्ति राजमार्ग आजदेखि बन्द हुने

सो अवधिभर कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न तथा गराउन आग्रह गरिएको छ ।

मंसिर २०, २०८२

रासस

Kanti Highway to be closed from today

काठमाडौँ — आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुनेछ । 

आगामी दुई महिनासम्म सवारीसाधन सबै बन्द गरेर मर्मत एवं विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ ।

सो अवधिभर कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न तथा गराउन आग्रह गरिएको छ ।

वर्षा याममा उक्त राजमार्गमा ठूलो पहिरो गएको थियो । 

रासस

Link copied successfully