बैठकमा निर्वाचन आयोगका पदाधिकारी, जेन-जी प्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहित कांग्रेस, एमाले, नेकपा, राप्रपा, रास्वपालगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सहभागी छन् ।
काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन तयारी, सुरक्षा व्यवस्था र वातावरणबारे छलफल गर्न भन्दै प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठक केहीबेर अघि सुरु भएको हो ।
बैठकमा निर्वाचन आयोगका पदाधिकारी, जेन-जी प्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहित कांग्रेस, एमाले, नेकपा, राप्रपा, रास्वपालगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सहभागी छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकार भएका पक्षसँग निरन्तर छलफल गर्दै आएको छ । निर्वाचनका लागि आयोगले कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ ।
पुराना तथा नयाँ दलहरूले निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाइरहेका छन् ।