उनेपाको घोषणापत्र : मन्त्रालयको प्रशासनिक नेतृत्वमा निजामती सेवा बाहिरबाट नियुक्त गर्नुपर्ने

उज्यालो नेपालको घोषणापत्रमा लेखिएको छ- 'सरकार परिवर्तन भएसँगै अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति नयाँ सरकारले चाहेमा तत्कालै रिक्त हुने व्यवस्था गर्नुपर्छ ।'

मंसिर १७, २०८२

कान्तिपुर संवाददाता

UNEP's manifesto: Appointments from outside the civil service should be made to the administrative leadership of the ministry

काठमाडौँ — कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा) ले घोषणापत्रमा मन्त्रालयहरूको नेतृत्वमा निजामती सेवाबाहिरबाट प्रशासनिक व्यक्तिलाई सिधै नियुक्त गर्नुपर्ने प्रस्ताव राखेको छ।

बुधबार काठमाडौंमा आयोजित पार्टी घोषणा कार्यक्रममा वाचन गरिएको घोषणापत्रमा मन्त्रालयमा निजामती सेवाबाहिरबाट प्रशासनिक व्यक्ति ल्याउनुपर्ने उल्लेख छ। ‘मन्त्रालयको प्रशासनिक नेतृत्वमा निश्चित प्रतिशत संख्यामा निजामती सेवाबाहिरबाट विज्ञ नियुक्त गर्नुपर्छ,’ नेता रीमा विश्वकर्माले वाचन गरेको घोषणापत्रमा उल्लेख छ।

त्यस्तै, अघिल्लो सरकारले राजनीतिक रूपमा नियुक्त गरेका व्यक्तिलाई नयाँ सरकारले तत्काल हटाउन मिल्ने व्यवस्था गर्नुपर्ने पनि प्रस्ताव गरिएको छ। ‘सरकार परिवर्तन भएसँगै अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति नयाँ सरकारले चाहेमा तत्काल रिक्त हुने व्यवस्था गर्नुपर्छ,’ घोषणापत्रमा भनिएको छ।

राज्यका निकायबीच समन्वय र सहकार्य हुने गरी कानुनी र संस्थागत व्यवस्था गर्नुपर्ने पनि घोषणापत्रमा उल्लेख छ। मुलुकको अर्थतन्त्रलाई गतिशील र आत्मनिर्भर बनाउने तथा प्राकृतिक साधन–स्रोतको एकीकृत प्रयोग गर्ने नीति अपनाउनुपर्ने भनिएको छ।

वर्तमान व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनेपाको भनाइ छ। साथै, नेपालका सार्वजनिक निकायको पुनर्संरचना गर्नुपर्ने तथा निजी क्षेत्रले प्रदान गर्ने सेवा गुणस्तरीय र प्रतिस्पर्धी बनाउने व्यवस्था गर्नुपर्ने विषय पनि घोषणापत्रमा समावेश छ।

सम्बन्धित समाचार

कुलमानको संरक्षकत्वमा गठित 'उनेपा'का के हुन् उद्देश्य र प्रतिबद्धता ?

कान्तिपुर संवाददाता

Link copied successfully