प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनबारे अनुसन्धान गरिरहेको प्रहरीले उनलाई सोही अनुसन्धानका सिलसिलामा पक्राउ गरेको हो ।
काठमाडौँ — गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई ललितपुरको जावलाखेल, भनिमण्डलबाट पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले बताए ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनबारे अनुसन्धान गरिरहेको प्रहरीले उनलाई सोही अनुसन्धानका सिलसिलामा पक्राउ गरेको हो । सीआईबीले यसअघि बैंकका सीईओ शेरचनसहित ३ जनालाई पक्राउ गरेको थियो ।
रेमिट्यान्स कारोबार र धरौटीबापतको रकम भुक्तान नगरी देशभरका विभिन्न सहकारीलाई ठगी गरेको आरोपमा प्रभु म्यानेजमेन्ट प्रालिका संस्थापक देवीप्रकाश भट्टचन, सञ्चालक कुसुम लामासहित विरुद्ध हालै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
गुण समूहले रियल स्टेट, हाउजिङ, सिनेमाघर, मोटर पार्टस, व्यवसायिक भवनहरु लगायतका क्षेत्रमा लगानी गरिरहहेको उक्त समुहको वेवसाइटमा उल्लेख गरिएको छ।
