एनपीएलमा कुशल मल्लको छक्का लाग्दा एक जना घाइते

घाइतेलाई घटनालगत्तै बल्खुस्थित बयोधा अस्पताल भर्ना गरिएको छ ।

मंसिर १६, २०८२

कान्तिपुर संवाददाता

One injured after Kushal Malla hits six in NPL

काठमाडौँ — त्रिवि खेलमैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा बल लागेर एक चियरलिडर घाइते भएकी छन्।

मंगलबार जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल चलिरहँदा बल लागेर शर्मिला विक घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।

उनका अनुसार विकलाई घटनालगत्तै बल्खुस्थित बयोधा अस्पताल भर्ना गरिएको छ। ‘अहिले उहाँको अवस्था सामान्य छ,’ उनले भने।

चितवन राइनोजका कप्तान कुशल मल्लले प्रहार गरेको छक्का लागेर उनी घाइते भएकी थिइन्।

कान्तिपुर

Link copied successfully