प्रभु बैंकका सीईओ शेरचनसहित तीन जनालाई पाँच दिन हिरासतमा राख्न प्रहरीले पायो अनुमति

उच्च अदालत पाटनले सोमबार प्रहरीलाई आइतबार पक्राउ परेका उनीहरुलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

मंसिर १५, २०८२

कान्तिपुर संवाददाता

Police get permission to detain Prabhu Bank CEO Sherchan and three others for five days

काठमाडौँ — प्रभु बैंकका सीईओ अशोक शेरचनसहित तीन जनालाई पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

उच्च अदालत पाटनले सोमबार प्रहरीलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बिजुलीबजारस्थित प्रधान कार्यालयबाट सीईओ शेरचनसहितबैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र बैंकको प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठसमेतलाई पक्राउ गरेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully