कान्तिपुरकर्मी खतिवडालाई 'सेजन छापा माध्यम अवार्ड'

खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक क्षेत्रका समाचार लेख्दै आएका छन् ।

मंसिर १५, २०८२

कान्तिपुर संवाददाता

Kantipur journalist Khatiwada receives 'Season Print Medium Award'

काठमाडौँ — कान्तिपुरकर्मी विमल खतिवडा ‘सेजन छापा माध्यम अवार्ड २०८२’ बाट पुरस्कृत भएका छन् ।

नेपालको आर्थिक, सामाजिक विकास र सुशासन प्रवर्धनमा पत्रकारितामार्फत योगदान पुर्‍याएको भन्दै उनलाई नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले नगदसहित पुरस्कृत गरेको हो । उनलाई अर्थमन्त्री रामेश्वर खनालले पुरस्कारसहित प्रमाणपत्र प्रदान गरे ।

खतिवडालाई यस वर्षको उत्कृष्ट आर्थिक समाचारलाई प्रदान गरिने ‘सेजन छापा माध्यम अवार्ड २०८२’ प्रदान गरिएको हो । उनी कान्तिपुरमा पूर्वाधार र आर्थिक क्षेत्रका समाचार लेख्दै आएका छन् । 

Kantipur journalist Khatiwada receives 'Season Print Medium Award'

त्यस्तै, सेजन अवार्ड नयाँ पत्रिकाका पत्रकार पवन तिमिल्सिना र अनलाइन खबरका भुवन पौडेललाई प्रदान गरिएको सेजनले जनाएको छ । डिजिटलतर्फको अवार्ड बिजमाण्डुका सुनिल कुँवरले प्राप्त गरेका छन् ।

एक लाख रुपैयाँ राशिको 'भोला चालिसे लिबरल जर्नलिजम अवार्ड' अन्नपूर्ण दैनिककी सुनिता कार्की र नेपाल न्युज डटकमका उद्धव थापालाई प्रदान गरिएको छ ।

कान्तिपुर

Link copied successfully