'२४ घन्टाभित्र विश्वासको मत लिन अघि बढिसकेको छु ।'
काठमाडौँ — मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्च अदालको निर्णयलाई आफूले शिरोधार्य गर्ने बताएका छन् ।
सर्वोच्च अदालतले मधेश प्रदेशको सरकार गठनको विवादमा फैसला सुनाउँदै आदेश प्राप्त भएको मितिले २४ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त यादवलाई नेपालको संविधानको धारा १६८ (४) बमोजिमको विश्वासको मत लिने प्रस्ताव अघि बढाउन आदेश गरेलगत्तै उनले उक्त प्रतिक्रिया दिएका हुन् ।
कान्तिपुरसित संक्षिप्त कुरा गर्दै उनले भने, '२४ घन्टाभित्र विश्वासको मत लिन अघि बढिसकेको छु ।'
