कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो नियत होइन, छैन : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले ‘लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान’ का क्रममा ‘कुनै पनि धर्मले महिलालाई पीडा देऊ भन्दैन’ भनेर विभिन्न धर्मको विषयमा चर्चा गरेकी थिइन्। त्यसक्रममा उनले गरेको टिप्पणीलाई लिएर केही संघसंस्थाले आपत्ति जनाएका थिए।

मंसिर १४, २०८२

कान्तिपुर संवाददाता

It is not my intention to belittle any religion or community: Prime Minister Karki

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले ‘कुनै पनि धर्म र समूदायलाई’ होच्याउने आफ्नो नियत नभएको बताएकी छन् । 

प्रधानमन्त्री कार्कीले ‘लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान’ का क्रममा ‘कुनै पनि धर्मले महिलालाई पीडा देऊ भन्दैन’ भनेर विभिन्न धर्मको विषयमा चर्चा गरेकी थिइन्। त्यसक्रममा उनले गरेको टिप्पणीलाई लिएर केही संघसंस्थाले आपत्ति जनाएका थिए।

उक्त अभिव्यक्तिलाई लिएर विभिन्न टिप्पणी भइरहेकोमा प्रधानमन्त्री कार्कीले स्पष्टीकरण दिएकी हुन्। उनले आफ्नो अभिव्यक्तिले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आशय वा नियत नराखेको स्पस्ट पारेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्- ‘लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा मैले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएका रहेछन् । कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन । सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ । शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ ।’

कान्तिपुर संवाददाता

Link copied successfully