'परिवर्तनका पक्षधर र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने राजनीतिक शक्तिहरूको ध्रुवीकरणको नेतृत्व गर्नेतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले अगुवाइ गरिरहेको र यसबाट छिट्टै आशा लाग्दा उपलब्धिहरू हुनेछन्'
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले विवेकशील साझासँग एकता गर्ने सम्बन्धमा निर्णय लिनका लागि केन्द्रीय समितिको विशेष बैठक बोलाएको छ ।
विवेकशील साझाले एकताका लागि गरेको निर्णयको स्वागत गर्दै रास्वपाले थप प्रक्रिया पूरा गर्ने निर्णय लिन केन्द्रीय समिति बैठक बोलाएको हो ।
विवेकशील साझाले यसअघि नै रास्वपासँग पार्टी एकता गर्ने निर्णय लिएको थियो । रास्वपाको शुक्रबार बसेको सचिवालय बैठकले विवेकशील साझासँग एकता प्रक्रिया र घोषणासभाबारे निर्णय लिनका लागि केन्द्रीय समिति बैठक बोलाएको हो ।
पार्टीको उच्च संवाद समितिले रास्वपाको सचिवालय बैठकमा भए,गरेका प्रगतिबारे ब्रिफिङ गरेको पनि रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।
'परिवर्तनका पक्षधर र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने राजनीतिक शक्तिहरूको ध्रुवीकरणको नेतृत्व गर्नेतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले अगुवाइ गरिरहेको र यसबाट छिट्टै आशा लाग्दा उपलब्धिहरू हुने छलफल गरियो,' रास्वपा प्रवक्ता झाले भनेका छन्, 'विवेकशील साझा पार्टीको तर्फबाट पार्टी एकताका लागि भएको निर्णयको स्वागत गर्दै सो सम्बन्धमा पार्टी एकता घोषणा कार्यक्रम सहितको छलफल गर्न आजै बेलुका केन्द्रीय समितिको विशेष बैठक बस्ने निर्णय गरियो ।'
