पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको भिडियो रिल बनाएको भन्दै काउन्सिलले भिडियो हटाउन पत्राचार गरेको हो ।
What you should know
काठमाडौँ — बुधबार प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेको भन्दै ४८ वटा सामाजिक सञ्जाल अकाउन्टलाई कारबाही गरेको छ । जसमा एक अनलाइन सञ्चार माध्यम पनि छ ।
सामाजिक सञ्जाललाई कारबाही गर्न भन्दै सार्वजिनक गरिएकोउक्त सूचीमामा मेरो न्युज डटकम नामक अनलाइन सञ्चारमाध्यम पनि छ । कारण हो- एउटा रिल ।
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपीशर्मा ओलीले दिएको अभिव्यक्तिको भिडियो रिल बनाएको भन्दै काउन्सिलले भिडियो हटाउन पत्राचारगरेको हो ।
गत मंसिर ३ गते बाराको सिमरामा एमालेका कार्यकर्ता रजेन-जी युवाहरूबीच भएको झडपपछि सोही दिन काठमाडौंको कार्यक्रममा ओलीको सम्बोधनलाईमेरो न्युजले 'सिमरा घटनामा ओली/Kp Oli' रिल अपलोडगरेको थियो । सोही भिडियो हटाउन र कारबाही गर्न भन्दै काउन्सिलले मंसिर १० गतेपत्राचार गरेको हो ।
काउन्सिलको पत्रमा भनिएको छ-'सामाजिक सञ्जालबाट सम्प्रेषित आचारसंहता प्रतिकूल उक्त उत्तेजक, हिंसालाई बढावा दिने किसिमको सामग्री सम्पादन गरी वा स्थगत गरी २४घण्टाभित्र काउन्सिललाई जानकारी गराउन निर्देशन दिइन्छ ।'
पत्रका कारण सामाजिक सञ्जालमा काउन्सिलको कदमबारेचौतर्फी आलोचना भइरहेको छ । प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले यस कदमलाई प्रेसस्वतन्त्रता विरोधी भन्दै तत्काल सच्याउन आग्रह गरेका छन् । हिंसांत्मक र भड्काउ अभिव्यक्ति दिएको भाषण अपलोड गरेकोभन्दै सो सच्याउनको लागि निर्देशन दिएका काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुषाललेबताए ।
भुषालका अनुसार मिडियाले हेटस्पिच, उत्तेजक अभिव्यक्तिलाई प्रश्रय दिने भन्दा पनि त्यसलाई जिम्मेवार ढंगबाटप्रस्तुत गर्न पर्छ । 'एउटा कार्यक्रममा बोलेको निश्चित भागलाई मात्रै काटेरहिंसालाई प्रोत्सान गर्ने खालको देखिएकोले त्यसलाई सच्याउन निर्देशन दिएका हौँ,'भुषाल भन्छन्, 'अब रिल सच्याउन सकिन्न भनेस्थगन गर्न भनेका हौँ ।'
