जेन-जीलगायत विभिन्न पक्षबाट आलोचना भएपछि प्रधानमन्त्री कार्कीले बिहीबारदेखि लागू हुने गरी सचिवालयको संख्या घटाएर ६ जना कायम गरेकी हुन् ।
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय तथा विज्ञ समूहको संख्या कटौती गरेकी छन् ।
जेन-जीलगायत विभिन्न पक्षबाट आलोचना भएपछि प्रधानमन्त्री कार्कीले बिहीबारदेखि लागू हुने गरी सचिवालयको संख्या घटाएर ६ जना कायम गरेकी हुन् ।
अब मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक र स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ (अवैतनिक) गरी ६ जना मात्र कायम राखिने भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कार्कीको सचिवालयमा यसअघि २० जना थिए ।