निर्वाचन आयोगले थप्यो दल दर्ताको समय

आगामी फागनु २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय बुधबार थपेको हो ।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

Election Commission extends party registration deadline

काठमाडौँ — निर्वाचन आयोगले दल दर्ताका लागि चार दिनको समय थप गरेको छ । आगामी फागनु २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय बुधबार थपेको हो । यसअघि बुधबारसम्मको लागि दल दर्ताको समय तोकिएको थियो ।

बुधबारसम्ममा १९ वटा नयाँ दल दर्ता भएका छन् । यो सँगै निर्वाचन प्रयोजनका लागि दल दर्ताको संख्या १०६ पुगेको छ ।

थप १९ वटा नयाँ दल दर्ता प्रक्रियामा रहेकाले उनीहरु पनि सकभर निर्वाचनमा भाग लिन पाउन् भन्ने उद्देश्य दल दर्ताको समय थप गरेको आयोग स्रोतले जनाएको छ ।  

कान्तिपुर

Link copied successfully