सञ्चारकर्मी दिपेन्द्र खनियाँ मृत फेला

रेडियो अडियो एफएमका सञ्चालक उनी आइतबार काठमाडौंको बानेश्वरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मंसिर ७, २०८२

कान्तिपुर संवाददाता

Journalist Dipendra Khaniya found dead

काठमाडौँ — सञ्चारकर्मी दिपेन्द्र खनियाँ मृत फेला परेका छन् । रेडियो अडियो एफएमका सञ्चालक उनी आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार खनियाँ बानेश्वरस्थित ऋषिकेश भट्टको घरमा मृत अवस्थामा फेला परेका हुन् । 'पाँच तले घरको चौथो तलाको रेलिङमा बिजुलीको तारमा झुण्डिएको अवस्थामा उहाँ भेटिनुभएको हो,' एसपी भट्टराईले भने, 'पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।'

एसपी भट्टराईका अनुसार खनियाँले केही समयअघि मात्रै उक्त घर भट्टलाई बेचेका थिए । आफैंले बेचेको घरको चौथो थलामा उनी भाडामा बस्दै आएका थिए ।

कान्तिपुर

Link copied successfully