सशस्त्र प्रहरीमा तीन डीआईजी र एक एसएसपी दरबन्दी थप

प्रशासन विभागमा पनि डीआईजी संख्या थप गरिएको गृह मन्त्रालयका एक अधिकारीले बताए । अहिले सश्स्त्रमा डीआईजी १८ र एसएसपी दरबन्दी २६ छ ।

मंसिर ३, २०८२

कान्तिपुर संवाददाता

Three more DIG and one SSP posts added to Armed Police Force

काठमाडौँ — सशस्त्र प्रहरीमा तीन डीआईजी र एक एसएसपीको दरबन्दी थप भएको छ । मन्त्रिपरिषद्‍को मंगलबारको बैठकले सशस्त्रको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण पुनरावलोकन गर्दै डीआईजी संख्या थप गरेको हो ।

त्यस्तै एसएसपीमा पनि एकजना थप गरिएको छ । कानुन महाशाखालाई निर्देशनालय बनाइएको छ । कानुनमा अब डीआईजी रहने छन् । 

त्यस्तै ईन्टेलिजेन्स ब्युरोलाई पनि स्तरोन्नति गरी डीआईजी नेतृत्वमा लगिएको छ । त्यस्तै नीलबराही गण कीर्तिपुरलाई स्तरोन्नति गरी एसएसपीको नेतृत्वमा लगिएको छ । प्रशासन विभागमा पनि डीआईजी संख्या थप गरिएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

अहिले सश्स्त्रमा डीआईजी १८ र एसएसपी दरबन्दी २६ छ ।

कान्तिपुर संवाददाता

Link copied successfully