निर्वाचन सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय

गृह मन्त्रालयमा बुधबार बसेको केन्द्रीय सुरक्षा समिति बैठकले त्यसका लागि ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ को प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

मंसिर ३, २०८२

रासस

Decision to strengthen election security system

काठमाडौँ — सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय गरेको छ ।

गृह मन्त्रालयमा आज बसेको केन्द्रीय सुरक्षा समिति बैठकले त्यसका लागि ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ को प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

निर्वाचन लक्षित सुरक्षा योजना चारवटै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयमार्फत कार्यान्वयन चरणमा रहेको छ । बैठकले प्रदेशस्तरमा प्रमुख सचिवको संयोजकत्वमा सबै सुरक्षा निकायका प्रमुख, आन्तरिक मामिला मन्त्रालयका सचिव र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित कमाण्ड पोष्ट तथा निर्वाचन सेल गठन गरी निर्वाचन सुरक्षा व्यवस्थापन सक्रिय हुन लेखी पठाउने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

उक्त विषय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत लेखी पठाउने बैठकको निर्णय छ । बैठकले वर्तमान अवस्थालाई मध्यनजर गरी सबै सुरक्षा निकायले आपसी समन्वयमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ ।

बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्था, चारवटै सुरक्षा निकायबाट सुरक्षा चुनौतिको प्रस्तुति, छलफल एवं सोको समीक्षा र विश्लेषण भएको गहृमन्त्रीको सचिवालयले जनाएको छ ।

रासस

Link copied successfully