यही विभागबाट राष्ट्रिय परिचयपत्र र घटना दर्तासम्बन्धी काम हुने गरेको छ ।
काठमाडौँ — राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आधिकारिक वेबसाइटमा समस्या देखिएको छ । साइट donidcr.gov.np डोमिनमा समस्या देखिएको हो ।
विभागका निर्देशक मुकेशकुमार केशरीले वेबसाइटमा समस्या देखिएको पुष्टि गरे । 'प्राविधिक टिमले अहिले काम गरिरहेको छ ।हो वा होइन भन्न सकिन्न,' उनले भने ।
यही विभागबाट राष्ट्रिय परिचयपत्र र घटना दर्तासम्बन्धी काम हुन्छ ।
