मतदाता सूचीमा नाम दर्ता गर्नेको संख्या ५ लाख २८ हजार नाघ्यो

भौतिक रुपमा ३ लाख ३ हजार ६२ जना र राष्ट्रिय परिचयपत्रमार्फत २ लाख २५ हजार ५ सय ७५ जनाले नाम दर्ता गरिसकेका छन् ।

मंसिर १, २०८२

कान्तिपुर संवाददाता

The number of people registered in the voter list has exceeded 528,000.

काठमाडौँ — मतदाता नामावली सूचीमा नयाँ नाम दर्ता गर्नेहरुको संख्या ५ लाख २८ हजार ६ सय नाघेको छ ।

निर्वाचन आयोगका अनुसार  आयोगका कार्यालयहरुमा भौतिक रुपमा उपस्थित भएर ३ लाख ३ हजार ६२ जनाले नाम दर्ता गरिसकेका छन् भने राष्ट्रिय परिचयपत्रमार्फत २ लाख २५ हजार ५ सय ७५ जनाले दर्ता गरिसकेका छन् । 

आयोगले कात्तिक ३० सम्म अवधि तोकेकोमा ५ दिन थप गरेको थियो । जसअनुसार मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिनेछ ।

जेन–जी आन्दोलनपछि गठित सरकारले २१ फागुनका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ । जसका लागि सरकारले १२ असोजदेखि नयाँ मतदाता विवरण सूचीकृत सुरु गरेको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully