नागरिक समाजका अगुवासँग छलफलमा प्रधानमन्त्री कार्की

निर्वाचन लगायतका विषयमा छलफल भइरहेको छ ।

मंसिर १, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Karki in discussion with civil society leaders

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की नागरिक समाजका अगुवासँग छलफल गरिरहेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्की नागरिक समाजका अगुवा र प्रतिनिधिसँग छलफल गरिरहेकी हुन् । 

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलका अनुसार छलफलमा नागरिक समाजका अगुवासँगै सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी रहेका छन् । निर्वाचनको तयारी लगायतका विषयमा छलफल भइरहेको छ । 

बैठकमा नागरिक अगुवाहरू इन्द्रा अधिकारी, सुवोधराज प्याकुरेल, जेबी विश्वकर्मा, केदारभक्त माथेमा, स्टेला तामाङ, विद्याधर मल्लिक, विजयकान्त कर्ण, गेजा शर्मा वाग्ले, दोभान राई, नयनतारा गुरुङ, नीर्घ नवीन, विजय तिमिल्सिना, खगेन्द्र संग्रौला, तुलानारायण साह, रेवती कार्की, शिशिर उप्रेती, दीपेश घिमिरे र राजुप्रसाद चापागाईंको सहभागीता रहेको छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully