देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

Weather forecast to remain clear in most parts of the country

काठमाडौँ — हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यसैगरी, आज राति देशका अधिकांश भागमा  मौसम सामान्यतया सफा रहने छभने केही स्थानमा आंशिक बदली हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully