जेन-जी आन्दोलनका बेला आईजीपी रहेका खापुङलाई अनुमतिविना उपत्यका छाड्न निषेध

गौरीबहादुर कार्की नेतृत्वको आयोगले खापुङको विदेश भ्रमणमा रोक लगाउने र स्वीकृतिविना उपत्यका समेत छाड्न नपाउने व्यवस्था गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको हो।

कार्तिक २७, २०८२

कान्तिपुर संवाददाता

Khapung, who was IGP during the Gen-G movement, is prohibited from leaving the Valley without permission.

काठमाडौँ — बुधबारदेखि अवकास पाएका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय भएको छ।

२३ र २४ भदौको घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले उनको विदेश भ्रमणमा रोक लगाउने र स्वीकृतिविना उपत्यका समेत छाड्न नपाउने व्यवस्था गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको हो।

बिहीबारदेखि लागू हुने गरी प्रहरी महानिरीक्षक (आईजीपी) मा सरकारले दानबहादुर कार्कीलाई नियुक्त गरेको थियो। उनले आजै गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएर जिम्मेवारी सम्हालिसकेका छन्।

कान्तिपुर

Link copied successfully