आरोहीको सुरक्षाका उद्धार सामग्री हस्तान्तरण

सगरमाथा र अन्नपूर्ण क्षेत्रका आरोही तथा पदयात्रीको सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यले बोर्ड कार्यालयमा सामग्री हस्तान्तरण गरिएको हो।

कार्तिक २७, २०८२

कान्तिपुर संवाददाता

Handover of rescue equipment for climbers' safety

काठमाडौँ — नेपाल पर्यटन बोर्डले हिमाल आरोही र पर्वतीय पर्यटकहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै हिमालय उद्धार संघ नेपाललाई आपतकालीन उद्धार सामग्री हस्तान्तरण गरेको छ। 

सगरमाथा र अन्नपूर्ण क्षेत्रका आरोही तथा पदयात्रीहरूको सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यले बिहीबार भृकुटीमण्डपस्थित बोर्ड कार्यालयमा उक्त सामग्री हस्तान्तरण गरिएको हो।

बोर्डका सीईओ दिपकराज जोशीले क्याराबिनर २० थान, मेकानिकल एसेन्डर ४ थान, डिसेन्डर ५ थान, पुली ४ थान, स्लिङ ५ थान, आइस स्क्रु र पिकेट ५ थान, बिले डिभाइस ४ थान, एङ्कर ४ थान र स्लीपिङ ब्याग ५ थान संघका अध्यक्ष डम्बर पराजुलीलाई हस्तान्तरण गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully