लोकतान्त्रिक जेन-जी फोरम गठन, यी हुन् सात प्रदेशका संयोजक 

केन्द्रीय संयोजक सुरेन्द्र भण्डारीका अनुसार विगतका कमीकमजोरीको समीक्षा गर्दै आगामी दिनमा गल्तीहरू नदोहोर्‍याउने प्रतिबद्धताका साथ यो फोरम गठन भएको हो ।

कार्तिक २६, २०८२

कान्तिपुर संवाददाता

Democratic Gen-G Forum formed, these are the coordinators of seven provinces

काठमाडौँ — राष्ट्रियता, लोकतान्त्रिक मूल्य-मान्यताको रक्षा र नागरिक सर्वोच्चतालाई केन्द्रमा राख्ने दाबीका साथ 'लोकतान्त्रिक जेन-जी फोरम'को गठन भएको छ । सम्पूर्ण जेन-जी युवाहरूलाई एकीकृत गर्ने उद्देश्यले यो फोरम गठन भएको हो ।

केन्द्रीय संयोजक सुरेन्द्र भण्डारीका अनुसार विगतका कमीकमजोरीको समीक्षा गर्दै आगामी दिनमा गल्तीहरू नदोहोर्‍याउने प्रतिबद्धताका साथ यो फोरम गठन भएको हो ।

फोरमले देशको प्राथमिकतामा उद्यमशीलतालाई प्रोत्साहन गर्दै उत्पादनका माध्यमबाट युवाहरूलाई रोजगारीको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएको केन्द्रीय संयोगक भण्डारीले बताए । उनले भने-'मुलुकमा अराजकता, आगजनी, हिंसा र घृणाको राजनीतिभन्दा सामाजिक सद्भाव, सहकार्य, शान्ति, एकता, सहिष्णुता र आपसि मेलमिलाप आजको आवश्यकता हो ।'

भ्रष्टाचार नियन्त्रणका लागि फोरमले भ्रष्टाचारी जोसुकै भए पनि नेपालको कानुनअनुसार छानबिन गरी कडा कारबाही गर्न माग गरेको छ । फोरमले वर्तमान सुशीला कार्की सरकारलाई आसन्न निर्वाचनको वातावरण सिर्जना गर्न भागेका कैदी र लुटिएका हातहतियार नियन्त्रणमा लिएर निर्वाचनको पक्षमा माहोल बनाउन माग गरेको छ ।

को हुन् सात प्रदेशका संयोजक 

कान्तिपुर

Link copied successfully