नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार, धावनमार्गसँग सम्बन्धित विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको छ ।
काठमाडौँ — विद्युत् सर्टका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार राति करिब चार घण्टापछि राति ९:३६ बजे पुनः खुलेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार, धावनमार्गसँग सम्बन्धित विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको छ । धावनमार्गको विद्युत् सर्किटमा समस्या देखिएपछि प्राविधिक टोलीले शनिबार दिउँसो ३:३० बजे मर्मत कार्य सुरु गरेको थियो र राति ९:३६ बजे सम्पन्न भएको हो ।
विमानस्थल पुनः सञ्चालनमा आएसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू क्रमिक रूपमा पुनः सुरु भएका छन् ।
