चाप बढेपछि आयोगले भन्यो- ‘२० फागुनमा १८ वर्ष पूरा हुने व्यक्तिले मात्रै मतदाता नामावलीमा नाम दर्ता गराउनुस्’

मतदाता नामावली दर्ता कार्यमा अधिक सहभागिताका कारण सर्भरमा अत्यधिक चाप पर्न थालेपछि सहजताका लागि यस्तो निर्देशन जारी गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

कार्तिक २१, २०८२

राजेश मिश्र

After pressure mounted, the commission said, ”Only those who will turn 18 on 20 Falgun should register their names in the voter list.”

काठमाडौँ — निर्वाचन आयोगले २० फागुनमा १८ वर्ष उमेर पूरा हुने व्यक्तिलाई ३० कात्तिक भित्र मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरेको छ।

मतदाता नामावली दर्ता कार्यमा अधिक सहभागिताका कारण सर्भरमा अत्यधिक चाप पर्न थालेपछि सहजताका लागि यस्तो निर्देशन जारी गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपछिका लागि भने विगतमा जस्तै १६ वर्ष उमेर पूरा गरी नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले नाम दर्ता नियमित रूपमा गर्न पाउने व्यवस्था रहेको जनाएको छ।

आगामी निर्वाचनमा मतदान गर्ने उमेर नपुगेका व्यक्तिलाई निर्वाचन सम्पन्न भएपछि मतदाता नामावलीमा नाम दर्ता गरी सहयोग गर्न आयोगले अनुरोध गरेको छ।

भट्टराईका अनुसार, समय कम भएकाले मतदान हुने अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिले प्राथमिकता पाओस् भन्ने उद्देश्यले यस्तो सूचना जारी गरिएको हो। प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुनमा तोकिएको छ।

After pressure mounted, the commission said, ”Only those who will turn 18 on 20 Falgun should register their names in the voter list.”

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully