यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न आग्रह
काठमाडौँ — मुग्लिन-नारायणगढ सडकखण्डको जलविरेनजिकै नारायणगढतर्फ खसेको सुख्खा पहिरो हटाइएको छ । पहिरो पन्छाएसँगै सवारी आवागमन दुईतर्फी नै खुलेको छ ।
सडक डिभिजन भरतपुरको मेसिनले पहिरो पन्छाएको हो । यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न सबैलाई सडक डिभिजन भरतपुरले भनेको छ ।
