माओवादी, नेकपा एससहित ८ दलको एकता घोषणा सभा सुरु

'हामी सुशासनसहित लोकतान्त्रिक पार्टी बनाउने छौँ । हामी सुशासनसहित लोकतान्त्रिक पार्टी बनाउने छौँ' - वर्षमान पुन

कार्तिक १९, २०८२

कान्तिपुर संवाददाता

Unity declaration meeting of 8 parties including Maoists, CPN-S begins

काठमाडौँ — माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित साना कम्युनिस्ट दलको एकता घोषणा सभा सुरु भएको छ ।  भृकटीभण्डमा सुरु भएको कार्यक्रमको सुरु गर्दै माओवादी सचिवालय सदस्य वर्षमान पुनले जनताको भावना बुझ्ने पार्टी बनाउने बताए । 

'हामी सुशासनसहित लोकतान्त्रिक पार्टी बनाउने छौँ । हामी सुशासनसहित लोकतान्त्रिक पार्टी बनाउने छौँ,' उनले भने ।

उनीहरूले पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिह्न तारा राख्ने सहमति गरेका छन् । नयाँ भन्ने पार्टीको संयोजकमा पुष्पकमल दाहाल र सहसंयोजकमा माधवकुमार नेपाल रहने तय भएको छ।

Unity declaration meeting of 8 parties including Maoists, CPN-S beginsएकता घोषणा भएपछि उनीहरूले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी गरेका छन्। उता एकता घोषणा कार्यक्रम भइरहेको बेला माओवादीबाट अलग भएको जनार्दन शर्मा समूहले पारदर्शी नेपाल नामको अभियान सुरु गरेको छ भने नेकपा एकीकृत समाजवादीबाट अलग भएका महासचिव घनश्याम भुसालले आजै पत्रकार सम्मेलन गरी विराट वाम एकताको अभियान सुरु गर्न लागेका छन् ।

Unity declaration meeting of 8 parties including Maoists, CPN-S begins

कान्तिपुर

Link copied successfully